४५७ मतले पृथ्वीसुब्बा गुरुङ अगाडि

बुधबार, मंसिर ७, २०७९
मयुर प्लाई
Global Ime Bank

लमजुङ । एकमात्र प्रतिनिधिसभा रहेको लमजुङमा  प्रतिनिधिसभा सदस्यतर्फ नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङको मतान्तर घट्दै गएको छ ।  आज बिहान १ः५० बजेको पछिल्लो मतपरिणामअनुसार यसअघि गुरुङ दुई हजारभन्दा बढीले अघि रहे पनि यतिबेला गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङभन्दा जम्मा चार सय ५७ मतले अघि रहेका छन् । 
एमाले उम्मेदवार पृथ्वीसुब्बाको २० हजार तीन सय ७४ मत र माओवादी केन्द्रका देवप्रसाद गुरुङको १९ हजार नौ सय १७ मत प्राप्त भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार हालसम्म ४७ हजार चार सय ९९ मतगणना सम्पन्न भएको छ । एक हजार चार सय ४२ मत बदर भएको छ । 
दोर्दी, क्व्होलासोथर, दूधपोखरी गाउँपालिका र मध्यनेपाल नगरपालिकाको मतगणना सम्पन्न भएको छ भने यतिबेला सुन्दरबजार नगरपालिका र राइनास नगरपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतमध्ये ८० हजार नौ सय १७ मत खसेको थियो । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०४:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार