काठमाडौँ–७ प्रदेश (२) मा एमालेका प्रकाश श्रेष्ठ विजयी

बुधबार, मंसिर ७, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ ।  काठमाडौँ क्षेत्र नं ७ को प्रदेशसभा ९२०मा नेकपा एमालेका  उम्मेदवार प्रकाश श्रेष्ठ विजयी भएका छन् ।  गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको केहीबेर अघि सम्पन्न प्रदेशसभा (२) को मतगणनामा एमालेका श्रेष्ठले पाँच हजार दुई सय १८ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइा् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार सविन तामाङले पाँच हजार एक सय ३७ र  राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लालकुमार  लामाले दुई हजार सात सय ९७ मत प्राप्त गरेका छन् । 
बागलुङ–१ (१) मा कांग्रेसका दीपेन्द्रबहादुर थापा र २ (१) मा कांग्रेसका जितबहादुरशेरचन विजयी
बागलुङ–१ (१) मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा विजयी भएका छन् । थापाले नेकपा एमालेका उम्मेदवार हीराबहादुर केसीलाई एक हजार चार सय ७८ मतान्तरले पराजित गरे । थापाले १३ हजार आठ सय ८४ मत ल्याउँदा केसीले १२ हजार चार सय पाँच मत प्राप्त गरेका थिए । थापा पाँचदलीय गठबन्धका साझा उम्मेदवार थिए । यस क्षेत्रमा थापा र केसीसहित पाँच जनाको उम्मेदवारी परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य एक हजार चार सय ५०, सामाजिक एकता पार्टीका भक्तबहादुर विक तीन सय सात र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमालले एक सय सात मत प्राप्त गरेका छन् । 
बागलुङ नगरपालिकाका ११ वडा र काठेखोला गाउँपालिका पर्ने यस क्षेत्रमा ५० हजार दुई सय ८० मतदाता रहेकामा २८ हजार आठ सय २५ मत खसेको थियो । जसमा छ सय ३२ मत बदर भएको छ ।

बागलुङ–२ (१) मा कांग्रेसका शेरचन विजयी 
बागलुङ–२ (१) मा नेपाली कांग्रेसका जितबहादुर शेरचन विजयी भएका छन् । शेरचनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरलाई तीन हजार एक सय मतान्तरले पराजित गरेका छन् । शेरचनले १५ हजार एक सय आठ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गरेका छन् । 
शेचरन पाँचदलीय गठबन्धनका साझा उम्मेदवार हुन भने घर्तीलाई नेकपा एमालेले सघाएको थियो । यस क्षेत्रमा शेरचन र घर्तीबाहेक अन्य उम्मेदवार थिएनन् । घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बनेका थिए । ताराखोला, बडिगाड गाउँपालिका र गलकोट नगरपालिका पर्ने यस क्षेत्रमा ५४ हजार तीन सय ३४ मतदाता रहेकामा २७ हजार नौ सय ८० मत खसेको थियो । आठ सय ६४ मत बदर भएको थियो । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०५:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार