बाँकेमा राप्रपाका डा. धवलशम्शेर राणा विजयी

बुधबार, मंसिर ७, २०७९
मयुर प्लाई
Global Ime Bank

नेपालगञ्ज । बाँके–२ मा राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा विजयी भएका छन् । एमाले–राप्रपा गठबन्धनबाट विजयी भएका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
उनका निकटतम् प्रतिद्वन्द्वी मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरे । नेपाली कांग्रेसका सुदीपनरसिंह राणा चार हजार चार सय तीन मत ल्याएर तेस्रो भएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाको दुईपटक प्रमुख भएका राणालाई साझा उम्मेदवारका रूपमा हेरिएको थियो । क्षेत्र नं २ मा ९७ हजार आठ सय तीन मतदाता रहेका थिए । 
बाँके क्षेत्र नं २ (१) बाट जसपाका भण्डारीलाल यादव विजयी भएका छन् । जनता समाजवादी पार्टी जसपा नेपालका यादवले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमाले–राप्रपा गठबन्धनतर्फका एमालेका विजयबहादुर यादवलाई हराउँदै विजयी भएका हुन् ।  उनी दुई हजार दुई सय मतान्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जसपाका यादवले कुल ११ हजार पाँच सय चार मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका एमालेका विजयबहादुर यादवले नौ हजार तीन सय ५८ मत पाउँदा नेपाली कांग्रेसका राजकुमार कुर्मीले आठ हजार सात सय ३१ मत पाएका छन् ।  बाँके २ (१) मा ३५ हजार आठ सय ६८ मत खसेको थियो । त्यसमा ३३ हजार चार सय ८५ मत सदर भएको थियो भने दुई हजार तीन सय ८३ मत बदर भएको थियो । 

बाँके २ (२) बाट जसपाका आदेशकुमार अग्रवाल आठ हजार दुई सय ४६ मत पाएर विजयी भएको छ ।  उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका निरक गुरुङले छ हजार सात सय नौ मत पाउँदा कांग्रेसका सुरेन्द्रबहादुर हमालले छ हजार दुई सय ४६ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०८:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार