कास्की–३ प्रदेशसभा १ मा एमालेका गुरुङ विजयी

बुधबार, मंसिर ७, २०७९
मयुर प्लाई
Global Ime Bank

  कास्की     ।   प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन(२०७९ )  अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङ विजयी भएका छन्  । 
पोखरा ७ स्थित उपत्यका नगरविकास समितिको हलमा आज सम्पन्न मतगणनामा गुरुङले १४ हजार चार सय ७३ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी  भएका  हुन्  । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा  माओवादी केन्द्रका दुर्गादत्त भण्डारीले नौ हजार छ सय ६२ मत ल्याए   । राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले तीन हजार छ सय ९७ र हाम्रो नेपाली पार्टीका खिमप्रसाद तिमिल्सिनाले दुई हजार पाँच सय १५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।   

यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका जीवनबहादुर गुरुङले चार सय ५४, आमूल परिवर्तन मसिहा पार्टी नेपालका मोतिलाल परियारले एक सय ६८, स्वतन्त्र उम्मेदवार कोमलप्रसाद शर्मा दुई सय २७ मत ल्याएका  छन्   । यस क्षेत्रमा प्रतिनिधिसभाको मत गणना जारी छ । पछिल्लो गणनाअनुसार प्रतिनिधिसभामा नेकपा एमालेका दामोदर पौडेल बैरागीले अग्रता बनाएका  छन् । 


 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १३:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार