गुल्मी २ मा एमालेका गोकर्णराज विष्ट विजयी

बुधबार, मंसिर ७, २०७९
मयुर प्लाई
Global Ime Bank

रेसुङ्गा ।  गुल्मीको क्षेत्र नं २ मा नेकपा एमालेका गोकर्णराज विष्ट विजयी  भएका छन्  । नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई दुई हजार ४४ मतले पछि पार्दै विष्ट विजयी  भएका हुन्  । यो जीतसँगै यस क्षेत्रमा विष्टले ‘ह्याट्रिक’ गरेका  छन.  ।यस क्षेत्रमा कूल ५८ हजार सात सय ५९ मत खसेको थियो । विजयी भएका विष्टले २८ हजार चार सय ८५ मत प्राप्त गरेका  निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए  । उनको प्रतिस्पर्धी झाँक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गरेको  निर्वाचन अधिकृत थापाले जानकारी दिए  । उनले २०७०, २०७४ र अहिले गरी लगातार तीन पटक चुनाव जितेका  छन्  । विष्टले यस क्षेत्रबाट २०५६ मा पनि चुनाव जितेका  थिए  । २०६४ मा मात्र विष्ट माओवादीका चन्द्रबहादुर थापासँग पराजय भएका थिए  । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार