सोसल मिडिया
Contact Us
युनिकोड
राजविराज । सप्तरी निर्वाचन क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्य पदमा जनमत पार्टीका शम्भुकुमार साह १० हजार आठ सय ६२ मत प्राप्त गरी निर्वाचित भएका छन् । सप्तरी–३ का निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीका अनुसार आज सम्पन्न मतपरिणममा उनी ४८ मतान्तरले विजयी भएका छन् ।निकटमप्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका विदेश्वरप्रसाद यादवले १० हजार आठ सय १४ मत प्राप्त गरे भने नेपाली कांग्रेसका भगवतीप्रसाद यादवले नौ हजार दुई सय एक मत प्राप्त गरेका थिए । यसैगरी सप्तरी क्षेत्र नं २ को प्रदेशसभा सदस्य (१ ) मा जनमत पार्टीका सतिश सिंह र प्रदेशसभा ९२०मा महेश यादव निर्वाचित भए ।