शिक्षामन्त्री   देवेन्द्र पौडेल जीत नजिक 

बुधबार, मंसिर ७, २०७९
मयुर प्लाई
Global Ime Bank

बलेवा ।  बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल जीत नजिक पुगेका  छन्  । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा माओबादी केन्द्रका सचिव पौडेलले दिउँसो ३ बजेसम्मको मत परिणामअनुसार २३ हजार दुई सय २५ मतका साथ अग्रस्थानमा  छन्   ।      उनलाई नेकपा एमालेकी मञ्जु चालिसेले १८ हजार आठ सय २१ मतका साथ पछ्याइर  रहेकी  छन्  । अब मतगणना हुन दुई वटा मात्रै बाँकी रहँदा जीत सुनिश्चित भएको माओबादी केन्द्रका जिल्ला इञ्चार्ज बलावती शर्माले दाबी गरे  ।“उहाँको जीत सुनिश्चित भइसकेको छ, अब दुई वटा वडाको मत गणना गर्न बाँकी छ,” उनले भने , “अहिलेसम्मको मतान्तरका आधारमा हाम्रो जित सुनिश्चित भइसकेको छ ।”  निर्वाचन अधिकृतको कार्यालयका अनुसार ढोरपाटन नगरपालिकाको थुप्लाङ र बुर्तिबाङ मतदान केन्द्रका मतपेटिकामा भएका मत गणना गर्न बाँकी छ । रासस 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार