सोसल मिडिया
Contact Us
युनिकोड
बलेवा । बागलुङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएको छ । नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेलाई चार हजार पाँच सय ९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यान निर्वाचित भएको हो ।
विसं २०७४ मा २८ हजार आठ सय २७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार सात सय ७९ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी एमालेका चालिसेले २० हजार एक सय ८० मत प्राप्त गरेको छ । रासस