झापा–१ बाट विश्वप्रकाश शर्मा विजयी  

बुधबार, मंसिर ७, २०७९
मयुर प्लाई
Global Ime Bank

झापा मङ्सिर ।   झापा क्षेत्र नं १ मा प्रतिनिधिसभामा वाम गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले विजयी  भएका  छन्  ।  नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई १४ हजार दुई सय ७५ मतले पछि पार्दै शर्मा विजयी  भएका  हुन्  ।  शर्माले ३९ हजार छ सय २४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी खरेलले २५ हजार तीन सय ४९ मत प्राप्त गरेको  निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिए  । शर्मा नेपाली कांग्रेसका महामन्त्री हुन  भने खरेल नेकपा एमालेका स्थायी कमिटी सदस्य  छन्  ।  रासस 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार