सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेले चार लाख मत कटाएको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्याङ्कअनुसार एमालेले चार लाख ५२ हजार सात सय ३० मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले चार लाख १६ हजार एकसय ८४ मत ल्याएको छ । अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दुई लाख ३४ हजार सातसय ४७ मतसहित तेस्रो स्थानमा रहेको छ । नेकपा माओवादी केन्द्रले एक लाख ९२ हजार सातसय ४२ मत ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख २३ हजार नौ सय ९ , जनता समाजवादी पार्टी, नेपालले ५७ हजार नौ सय १०, मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीले ४२ हजार चार सय ५७, जनमत पार्टीले २८ हजार तीन सय ४४, नेकपा एकीकृत समाजवादीले २८ हजार तीन सय ७६ र नागरिक उन्मुक्ति पार्टीले २५ हजार छ सय १६ मत ल्याएको छ । विभन्नि साना दलहरुको जोड्दा ९८ हजार पाँच सय १९ मत आएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजार बढी मत ल्याउनुपर्ने छ ।
प्रदेशसभा समानुपातिक मत मधेश प्रदेशमा कांग्रेस र प्रदेश १ मा एमाले अगाडि
प्रदेशसभा सदस्य समानुपातिक सिटतर्फ मतगणना जारी रहेको छ । निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार प्रदेश नं।१ मा नेकपा९एमाले०ले ८७ हजार सात सय ४३ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले ७८ हजार तीन सय ५० मत ल्याएको छ । नेकपा माओवादी केन्द्र ले ३४ हजार सात सय ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीले २८ हजार एक सय २४ र जनता समाजवादी पार्टीले १२ हजार तीन सय २२ मत प्राप्त गरेको छ ।
मधेश प्रदेशमा कांग्रेस अगाडि
मधेस प्रदेशमा भने नेपाली कांग्रेसले अहिलेसम्म सबैभन्दा बढी मत प्राप्त गरेको छ । कांग्रेसले २४ हजार पाँच सय ८६ मत ल्याएको छ । एमालेले २० हजार दुई सय ७८, जनमत पार्टीले १९ हजार एक सय ४७, जनता समाजवादी पार्टी, नेपालले १३ हजार आठ सय ३३ र ९माओवादी केन्द्रीले नौ हजार पाँच सय ५० मत पाएको छ । बागमती प्रदेशमा एमाले नै अगाडि देखिएको छ । उसले ६२ हजार सात सय ५७ मत ल्याएको छ । कांग्रेसले ६१ हजार पाँच सय ७३ मत ल्याएर एमालेलाई पछ्याइरहेको छ । राप्रपाले ३९ हजार ५६ र माओवादीले ३० हजार चार सय १६ मत पाएको छ । बागमती प्रदेश समानुपातिकमा नेपाल मजदुर किसान पार्टीले २७ हजार आठ सय ४२ मत प्राप्त गरेको आयोगले जनाएको छ । गण्डकी प्रदेशमा एमालेले ९१ हजार ३७१, कांग्रेसले ७३ हजार ८५०, माओवादी केन्द्रले ३३ हजार तीन सय ६९, राष्ट्रिय प्रजातन्त्र पार्टीले १७ हजार ६५ र नेकपा एकीकृत समाजवादीले छ हजार आठ सय २० मत ल्याएको छ । लुम्बिनी प्रदेशमा एमालेले एक लाख ८६ हजार ९३ मत पाएको छ भने कांग्रेसले ८९ हजार सात सय ९७, माओवादीले २९ हजार नौ सय ९६, राप्रपाले २५ हजार चार सय ९५ र नागरिक उन्मुक्ति पार्टीलले आठ हजार आठ सय ६९ मत पाएको छ । कर्णाली प्रदेशमा समानुपातिकमा भने अहिलेसम्म माओवादी पहिलो पार्टी बनेको छ । माओवादीले एक लाख ३० हजार ५६ मत पाएको छ । एमालेले पाँच हजार नौ सय १४ मत पाएको छ भने कांग्रेसले चार हजार दुई सय २५ मत ल्याएएको छ । त्यसैगरी ९एकीकृत समाजवादी० ले एक हजार एक सय १२ मत पाएको छ । राप्रपाले सात सय ८१ मत पाएको छ । सुदूरपश्चिम प्रदेश समानुपातिक मतबारे भने आयोगले अद्यावधिक गरेको छैन ।