ललितपुर-३ मा स्वतन्त्र पार्टीकी डा. तोसिमा निर्वाचित

राजनीतिक संस्कार र हार्दिकता देखाउँदै पम्फाले दिइन बधाई र शुभकामना 
बिहीबार, मंसिर ८, २०७९
मयुर प्लाई
Global Ime Bank

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं ३ बाट  प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । कार्कीले नेकपा एमालेका अमृत खड्का र सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पारिन् । 
विजयी डा. तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । भुसालले ८ हजार ७६९ मत पाइन् । भुसाल अहिले ऊर्जामन्त्री र माओवादी उपमहासचिव समेत हुन् । 
यसअघि २०७४ सालमा भएको निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् । त्यसैगरी २०६४ मा सालको संविधानसभा निर्वाचनमा भुसालले सोही क्षेत्रबाट निर्वाचन जितेकी थिइन् । 
 
उपविजेता पम्फाले दिइन बधाई तोसिमालाई 
ललितपुर क्षेत्र नंबर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी डा.तोसिमा कार्कीलाई उपबिजेता पम्फा भुसालले बधाई तथा सफल कार्यकालका लागि बधाई दिएकी छन् । लोकतान्त्रिक वाम गठबन्धनकी साझा उम्मेदवार भुसालले सामाजिक सञ्जाल मार्फत बधाई दिएकी हुन् । पम्फाले संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधिनता, समावेशी, समानुपातिक प्रतिनिधित्व लगायतका परिवर्तनलाई थप संस्थागत गर्दै जनताको आर्थिक उन्नति र देशको संमृद्धिको लागि गरिने हरेक सकारात्मक कार्यमा आफ्नो सहयोग रहने बताएकी छिन् । जनताले आफूलाई विश्वास गरेर दिएको मतप्रति आभार व्यक्त गर्दै जनताका मतको हार्दिक सम्मान गर्ने बताएकी छिन् ।

pampa badhai1669270279.PNG
निर्वाचनमा अहोरात्र खट्ने सिङ्गो पार्टी पङ्क्ति, गठबन्धनमा सहभागी दल, नेता तथा कार्यकर्ता, समर्थक, शुभचिन्तक, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, प्रतिनिधि, पर्यवेक्षक साथै पत्रकारलगायतलाई उनले बधाई दिएकी छन् ।  ललितपुर–३ र नेपालको विकास र जनताको समृद्धिको लागि सदैव जनताको साथमा रहने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् । त्यसैगरी नेकपा एमालेका उम्मेदवार रहेका अमृत खड्काले पनि डा. तोसिमालाई बधाई दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार