कास्कीमा विद्या भट्टराईको दोस्रो जित

बिहीबार, मंसिर ८, २०७९
मयुर प्लाई
Global Ime Bank

पोखरा ।  नेकपा एमालेकी विद्या भट्टराई दोस्रोपटक कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।भट्टराईका श्रीमान् तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि पार्टीले उनलाई उपनिर्वाचनमा उम्मेदवार बनाएको थियो ।

उनी उपनिर्वाचनमा पनि विजयी भएकी थिइन् । त्रिभुवन विश्वविद्यालयको उप–प्राध्यापकबाट राजीनामा दिएर शोकलाई शक्तिमा बदल्ने अठोटका साथ चुनावमा होमिएकी भट्टराईं सो उपनिर्वाचनमा पनि विजयी भएकी थिइन् । आसन्न निर्वाचनमा पनि उनका अगाडि चुनौती नभएको होइन । एकातर्फ सत्ता गठबन्धनका विपक्षमा लड्नुपर्ने र अर्कातर्फ स्वतन्त्र उम्मेदवारको बढ्दो मतको चुनौती उनका अगाडि थियो ।

JBS_Pokhara-IMG_20221124_1245461669281564.jpg

तर पनि आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलको भन्दा चार हजार पाँच सय बढी मतान्तरले उनी विजयी भइन् । शान्त स्वभावले विपक्षीहरुको पनि मन जित्न सकेको उनका नजिकका राजनीतिकर्मीहरु बताउँछन् । किशोरावस्थाबाटै आफूलाई परिवर्तनको पक्षमा उभ्याउन सफल उनले स्वर्गीय रवीन्द्र अधिकारीका अधुरा सपना पूरा गर्ने अठोटमा छन् । अनेरास्ववियुको केन्द्रीय कमिटी सचिवको जिम्मेवारी पूरा गर्नुका साथै महिला, बुद्धिजीवी हुँदै पार्टीको केन्द्रीय विभागमा रहेर काम गरेकी उनी हाल नेकपा एमालेको केन्द्रीय सदस्य छिन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १४:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार