कैलाली–४ मा गठबन्धनको ‘क्लिन स्वीप’

बिहीबार, मंसिर ८, २०७९
मयुर प्लाई
Global Ime Bank

अत्तरिया ।  कैलालीको  निर्वाचन क्षेत्र नं ४ को प्रदेशसभा सदस्यमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।   प्रदेशसभा( १ )  र ( २) मा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका  नेकपा  एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी र नेपाली कांग्रेसका प्रकाश बम विजयी  भएका  थिए  । प्रदेशसभा ( १)  मा सोडारीले १३ हजार चार सय ८९ मतसहित प्रतिद्वन्द्वी एमालेका भीम देउवालाई पराजित गरे  । देउवाले नौ हजार हजार चार सय २३ मत प्राप्त गरे  । उनीहरूबीचको मतान्तर चार हजार ५६ छ । यो क्षेत्रमा ३१ हजार पाँच सय ७४ मत खसेको थियो । 

प्रदेशसभा  ( २)मा कांग्रेसका बम एमालेकै हरिसिंह साउदलाई पाँच सय १६ मतान्तरले पछि पार्दै विजयी हुनुभयो  । बमले १२ हजार चार सय ७३ मत प्राप्त गर्दा  साउदले ११ हजार नौ सय ५८ मत प्राप्त गरे  । यसअघि यो क्षेत्रमा नेकपा ९एमाले०का लेखराज भट्टलाई तीन हजार चार सय ३८ मतान्तरले पछि पार्दै प्रतिनिधिसभातर्फ कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर निर्वाचित  भएका  हुन्  । बलायरले २६ हजार एक ७१ मत पाउँदा एमालेका भट्टले २२ हजार पाँच सय ३३ मत प्राप्त गरे  ।    


कैलाली क्षेत्र नं १ प्रदेशसभा २  बाट नागरिक उन्मुक्तिका चौधरी विजयी   

कैलाली क्षेत्र नं १ को प्रदेशसभा २ मा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी विजयी हुनुभएको छ । उहाँ  प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री डा रणबहादुर रावलभन्दा तीन हजार दुई सय ६४ मतान्तरले विजयी भएका  हुन्  ।  चौधरीले ११ हजार तीन सय १७ मत पाउनुभयो भने निकटतम् प्रतिद्वन्द्वी रावलले आठ हजार ५३ मत पाउनुभएको छ । यसअघि विसं २०७४ मा सम्पन्न भएको प्रेदशसभा निर्वाचनमा रावलले चौधरीलाई पराजित गरेका थिए  ।  त्यसबेला चौधरी राष्ट्रिय जनता पार्टीबाट चुनाव लडेका  थिए  । 

निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले दिएको जानकारीअनुसार नेकपा एमालेका द्धारिकाप्रसाद न्यौपानेले पाँच हजार तीन सय २० मत प्राप्त गरेका  छन्  भने राप्रपाका डम्बरबहादुर थापाले एक हजार तीन सय ३८, स्वतन्त्र उम्मेदवार केशरबहादुर साउदले आठ सय ८८, स्वतन्त्र उम्मेदवार गणेश चौधरीले पाँच सय आठ र नेपाल लोकतान्त्रिक पार्टीका रामकृष्ण चौधरीले चार सय ४१ मत प्राप्त गरेका  छन्  ।यसअघि प्रदेशसभा १   मा समेत नागरिक उन्मुक्तिका कैलाश चौधरी भारी मतान्तरका साथ विजयी हुनुभएको छ । क्षेत्र नं १ को प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठको समेत जित सुनिश्चित भइसकेको छ ।   


 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १५:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार