धनकुटामा एमालेका राई विजयी

बिहीबार, मंसिर ८, २०७९
मयुर प्लाई
Global Ime Bank

धनकुटा ।  यहाँबाट प्रतिनिधिसभा र प्रदेशसभामा नेकपा  एमालेका उम्मेदवार  विजयी भएका छन् । प्रतिनिधिसभातर्फ गठबन्धनका सुनिलबहादुर थापालाई एक हजार तीन सय ९७ मतले पराजित गर्दै एमालेका राजेन्द्रकुमार राई विजयी  भएका  छन्  । राईले ३० हजार एक सय एक र नेपाली कांग्रेसका थापाले २८ हजार सात सय चार मत ल्याएका  छन्  । तेस्रो स्थानमा नेकपा  माओवादी केन्द्रबाट विद्रोह गरी स्वत्रन्त्र उम्मेदवार बनेका हेमराज भण्डारी पाँच हजार नौ सय २६ मत ल्याएर तेस्रो स्थानमा रहेका  छन्  ।  
त्यस्तै प्रदेश ( १ )  मा एमालेका निरन राईले १७ हजार अठार मत ल्याएर विजयी भएका छन्  । उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा  एकीकृत समाजवादीका अर्जुन राईले १० हजार दुई सय २६ मत प्राप्त गरेका  छन्  । प्रदेश(  २ )  मा एमालेका ईन्द्रमणि पराजुली विजयी  भएका  छन्  । पराजुली १५ हजार सात सय ९७ मत ल्याएर विजयी  भएका  हृन् । उनका निकतम प्रतिद्वन्द्वी नेकपा  माओवादी केन्द्र का कुसुमकुमारी श्रेष्ठले ११ हजार दुई सय ३० मत प्राप्त गरेका  छन्  । एक प्रतिनिधिसभा र दुई प्रदेशसभाका लागि जिल्लाबाट प्रतिनिधिसभामा सात, प्रदेशसभा ९१० मा चार र प्रदेश  ( २ ) मा सात उम्मेदवार  प्रतिस्पर्धामा थिए । कूल एक लाख १६ हजार नौ सय ९१ मतदाता रहेको धनकुटामा ६९ चार सय ९६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।   

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १५:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार