चितवन क्षेत्र नं १ बाट रास्वपाका हरि ढकाल निर्वाचित

बिहीबार, मंसिर ८, २०७९
मयुर प्लाई
Global Ime Bank

चितवन ।  चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन्  । नेकपा  एमालेका सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका  हुन  ।  ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गरेका  छन्  भने पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गरे  । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार नौ सय नौ मत प्राप्त गरेका छन्  । सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । यसमध्ये तीन हजार छ सय २१ मत बदर भई ९१ हजार चार सय २०सदर भएको निर्वाचन आयोगले जनाएको छ ।  
 
उक्त क्षेत्रको प्रदेशसभा १ मा नेकपा एमालेका जगन्नाथ थपलिया विजयी भएका छन्  । थपलियाले १७ हजार छ सय ८८ र नेपाली कांग्रेसका किरणभूषण ओलीले १० हजार सात सय १२ मत पाएका  थिए  । यस प्रदेशमा ४३ हजार आठ सय ३६ मत खसेको थियो । यस क्षेत्रको प्रदेशसभा २ मा नेकपा  एकिकृत समाजवादीका कृष्णप्रसाद खनाल विजयी भएका छन्  । खनालले १५ हजार पाँच सय सात मत प्राप्त गरी विजयी  भएका  हुन.  । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खनालले १४ हजार सात सय ६८ मत प्राप्त गरेका  थिए  । यस प्रदेशमा ५१ हजार एक सय ३६ मत खसेको आयोगले जनाएको छ  । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार