सोसल मिडिया
Contact Us
युनिकोड
महेन्द्रनगर । धनुषाको निर्वाचन क्षेत्र नं ३ २ बाट नेकपा एमालेका दीपेन्द्रकुमार ठाकुर प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी लोसपा परमेश्वर साहलाई एक हजार चार सय तीन मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएक छन् । ठाकुरले आठ हजार दुई सय २० मत पाउँदा साहले छ हजार आठ सय १७ मत मात्र पाए । जनमत पार्टीका रामबाबु साह कलवारले तीन हजार छ सय पाँच, तराई–मधेस लोकतान्त्रिक पार्टीका असगर अली राइनले तीन हजार दुई सय ११ र स्वतन्त्र उम्मेदवार हरिशङ्कर साहले दुई हजार नौ सय ९८ मत प्राप्त गर्नुभएको थियो ।यसअघि विसं २०७४ को निर्वाचनमा यस क्षेत्रबाट परमेश्वर साह तत्कालीन राजपा नेपालबाट निर्वाचतभएका थिए ।