सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले निर्वाचित भएको प्रमाण पत्र ग्रहण गरेका छन् । कांग्रेस नेता सिंहलाई काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले आज एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन् । कांग्रेस नेता सिंहले ७१४३ मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पराजित गरेका थिए । मिश्रले ७०१८ मत प्राप्त गरेर पराजित भएका थिए । त्यसैगरी कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर १ को ( १)र ( २) बाट निर्वाचित प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठ र सुरजचन्द्र लामिछानेलाई पनि निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको छ ।