जनतासँग गरेका वाचा पूरा गर्छु :  नेता  प्रेमबहादुर आले 

शुक्रबार, मंसिर ९, २०७९
मयुर प्लाई
Global Ime Bank

डोटी  ।  नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य तथा डोटीबाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रेमबहादुर आलेले आफूले जनतासँग भोट माग्दा गरेका वाचा पूरा गर्ने बताएका  छन्  ।  प्रतिनिधिसभामा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन आज डोटीमा आयोजित कार्यक्रममा आलेले आफूले खुटिया, बिपिनगर, गड्सेरा, दिपायल, सायल हुँदै बझाङको उरै जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेको र आफ्नो पाँचवर्षे कार्यकालभित्र सो सडक निर्माण गरिसक्ने बताए  । 

सो कार्यक्रममा उनले भने , “जनताका बीचमा विकास निर्माणका जुनजुन प्रतिबद्धता मैले गरेको छु, ती सबै पूरा हुन्छन् र मैले गर्नेछु । मेरो प्राथमिकताका काम गर्न म अहोरात्र खट्नेछु ।” उनले द्रुतमार्गको निर्माण आफ्नो प्रमुख मुद्दा रहेको पनि उनले उल्लेख गरे  ।     उनले निर्वाचनको समयसम्म आफू जुन दलमा आबद्ध रहेको भए पनि अब आफूलाई कसले मत दियो भनेर नहेर्ने र डोटीको समग्र विकासमा लाग्ने प्रण पनि गछु । उनले भने , “अब म कुनै एक दलको मात्रै नेता होइन, सबै डोटेली जनताको नेता भएको छु, त्यसैले डोटीका जनताको हितका लागि लागिपर्नेछु ।”  संसद्मा उहाँको यो लगातार तेस्रोपटक विजय हो । डोटी निर्वाचन क्षेत्र नं २ बाट विसं २०७० को दोस्रोसंविधानसभा सदस्य विजयी उनी  २०७४ र यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित  भएका   थिए  ।  रासस 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १६:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार