सोसल मिडिया
Contact Us
युनिकोड
लिमा । पेरुका प्रधानमन्त्री एनिबल टोरेसले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति पेड्रो कास्टिलोले विश्वासको मतका लागि टोरेसको आह्वानलाई त्यहाँको कङ्ग्रेसले अस्वीकार गरेपछि प्रधानमन्त्री टोरेसको राजीनामा स्वीकृत गरेका हुन । बिहीबार राष्ट्रिय टेलिभिजन प्रसारणमा, क्यास्टिलोले टोरेसलाई प्रधानमन्त्रीको रूपमा कामगरेकोमाधन्यवाद दिँदै उनले आगामी दिनहरूमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने बताएका छन्।गत हप्ता टोरेसले विपक्षी(नियन्त्रित कङ्ग्रेसलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर कङ्ग्रेसले मतदानका लागि शर्तहरू पूरा नभएको भन्दै यसलाई अस्वीकार गरेको हो । क्यास्टिलोले सन् २०२१ जुलाईमा पदभार ग्रहण गरेपछि ७९ वर्षीय टोरेस दक्षिण अमेरिकी देशका चौथो प्रधानमन्त्री बनेका थिए। उनले अगस्ट ३ मा ूव्यक्तिगत कारणलेू राजीनामाको घोषणा गरे जसलाई राष्ट्रपतिले अस्वीकार गरेका थिए। रासस