सोसल मिडिया
Contact Us
युनिकोड
सिमकोट । एक मात्रै निर्वाचन क्षेत्र रहेको हुम्लामा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानल विजय भएको छ । प्रतिनिधिसभा सदस्यमा गठबन्धन नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा कार्चेन विजयी भएको छ । उनका प्रतिस्पर्धी नेकपा एमालेका दल रावल छन् । लामाले १४ हजार तीन सय ७१ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी रावलले नौ हजार पाँच सय १६ मत ल्याएर पराजित भए । राप्रपाका तेजबहादुर रावतले तीन सय ७८ मत प्राप्त गरेका छन् । यस्तै बदर पाँच सय २४ भएको थियोे ।
प्रदेशमा पनि गठबन्धनका विजयी
हुम्ला प्रदेश १ बाट गठबन्धनका उम्मेदवार माओवादीका रणसिंह परियार विजयी हुनुभएको छ । परियारले छ हजार चार सय ८१ मत प्राप्त गर्दा मङ्गलबहादुर शाहीले चार हजार छ सय ३० मत प्राप्त गरे । यस्तै एमालेका उम्मेदवार दल फडेराले दुई हजार ९९ मत प्राप्त गरे एकीकृत समाजवादीका हस्तबहादुर शाहीले सात सय ८४ मत प्राप्त गरे । यस्तै हुम्ला प्रदेश २ बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीवनबहादुर शाही विजयी भएका छन् । उनले एमालेका उम्मेदवार छक्कबहादुर लामालाई चार हजार ७७ मत अन्तरले पराजित भएका हुन् । शाहीले सात हजार ५६ मत प्राप्त गर्दा एमालेका छक्कबहादुर लामाले दुई हजार नौ सय ७९ मत प्राप्त गरे । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का नैनसिंह रावतले ९८ मत प्राप्त गरे भने जनता समाजवादी जसपाका बलिराज शाहीले ४१ र तिर चुनाव चिह्नका सुमन रावतले २१ मत प्राप्त गरे । यस्तै एक सय १९ मत बदर भएको छ ।