मोरङ– १ मा कांग्रेसका  डिगबहादुर  लिम्बू विजयी 

आइतबार, मंसिर ११, २०७९
Global Ime Bank

उर्लाबारी ।  मोरङको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी हुनुभएको छ । नेकपा एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै लिम्बू विजयी भएका छन् निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।   निर्वाचन कार्यालयले शनिबार साझ घोषणा गरेको अन्तिम मतपरिणाममा विजयी लिम्वूले २५ हजार सात सय ९४ मत ल्याउदा खतिवडाले २५ हजार चार सय ६९ मत प्राप्त  गरेका थिए  । विसं २०७४ को निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गरेका  थिए  भने २०७० मा लिम्बूले खतिवडालाई पराजित गरेका  थिए  ।

यस्तै प्रदेश सभा १  तर्फ नेकपा एमालेका उमाकान्त गौतमले लोकतान्त्रिक वामगठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार कुशल साम्वालाई तीन हजार पाँच सय २७ मतले पछि पार्दै विजय हासिल गरेका  छन्  । एमालेका गौतमले १३ हजार पाँच सय ३१ र साम्वाले १० हजार चार मत प्राप्त गरेका  थिए  ।

यस्तै प्रदेश २ मा पनि नेकपा एमालेका खड्गबहादुर बस्नेतले लोकतान्त्रिक वामगठबन्धनका एकीकृत समाजवादीका उम्मेदवार उपेन्द्रप्रसाद घिमिरेलाई ६ सय ७६ मतले पछि पार्दै विजयी हासिल गरेका  छन्  । एमालेका बस्नेतले १४ हजार पाँच सय ३९ मत प्राप्त गरेका  छन्  । भने प्रदेश नं १ का सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका  घिमिरेले १३ हजार आठ सय ६३ मत प्राप्त गरेका  छन्  । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार