माओवादी केन्द्र ललितपुरका संयोजक र सचिवले दिए राजिनामा

सोमबार, मंसिर १२, २०७९
Global Ime Bank

ललितपुर। मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ललितपुर क्षेत्र नं १ र ३ बाट उम्मेदवार बनेका ३ जना आफ्ना नेता पराजित भएपछि नैतिक जिम्मेवारी लिँदै माओवादीको ललितपुर जिल्ला नेतृत्वले पदबाट राजीनामा दिएका छन् । माओवादीबाट उम्मेदवार रहेका ललितपुरका सबै उम्मेदवार पराजित भएपछि पार्टी जिल्ला संयोजक शिव कट्टेल र सचिव दिपक पुलामीले नैतिक जिम्मेवारी लिँदै राजिनामा दिएका हुन् । 
कट्टेल र पुलामीले निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन नसकेको भन्दै माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेललाई भेटेर राजिनामा पत्र बुझाएका हुन् । जिल्लामा प्रतिनिधिसभा तर्फ क्षेत्र नं ३ मा पार्टीकी उपमहासचिव तथा उर्जा जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुसाल उम्मेदवार थिइन् । निर्वाचनमा भुसाल तेस्रो भएकी छिन। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी भएकी छन् । यसैगरी क्षेत्र नं १ क मा प्रदेशसभाका उम्मेदवार पार्टी पोलिटव्युरो सदस्य हरि दाहाल तथा क्षेत्र नं ३ क बाट उम्मेदवार रहेका निवर्तमान प्रदेश सांसद राजकाजी महर्जन पनि पराजित भएका छन् । 

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १३:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार