पत्रकारको  स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट  

शुक्रबार, मंसिर १६, २०७९

  ललितपुर    ।   नेपाल पत्रकार महासंघ, ललितपुर शाखा र वी एण्ड वी अस्पताल बीच पत्रकार र आश्रित परिवारको उपचारका क्रममा लाग्ने औषधी र स्वास्थ्य उपचारमा छुटका लागि शुक्रबार सम्झौता भएको छ । आज  एक कार्यक्रमका बीच उक्त सम्झौता भएको महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीले बताए ।  सचिव कार्कीले पत्रकार र पत्रकारका परिवारको स्वास्थ्य उपचारका क्रममा औषधी र स्वास्थ्य उपचारमा १५ प्रतिशत छुट दिने सम्झौता भएको  बताए   ।   317060102_479718240705821_2313271054700684650_n1669982885.jpg

सम्झौता २०७९ साल मंसिर १६ गतेबाट लागु भई दुई वर्षसम्म रहने  जानकारी दिए । उनले सम्झौता पत्रमा उल्लेख भएअनुसार नेपाल पत्रकार महासंघमा आबद्ध सबै शाखाका सदस्यहरू, पत्रकारका श्रीमान÷श्रीमती, बुबा–आमा, छोराछोरीले यो सुविधा पाउनेछन् । सुविधाका लागि नेपाल पत्रकार महासंघबाट जारी भएको पत्रकार परिचय–पत्र आवश्यक हुने उल्लेख छ ।  सम्झौतापत्रमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने र सचिव रामहरि कार्कीले हस्ताक्षर गरेका छन् भने वी एन्ड वी अस्पतालका तर्फबाट अस्पतालका कार्यकारी निर्देशक डा  . निरजलाल वैद्य र कार्यकारी व्यवस्थापक डा . रिना वैद्यले गरेकी छन् ।   

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार