सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल राष्ट्र बैंकको मूल्यवृद्धि अपेक्षा सर्वेक्षणले एक वर्षमा मूल्यवृद्धि दोब्बर हुने देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९र०८० को प्रथम त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणले तीन महिना र एक वर्ष पछिको अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२।० प्रतिशत रहेको छ । सर्वेक्षण २०७९ असोज २३ देखि असोजसम्म ५७ सहरका ६० बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तर्वार्तामार्फत गरिएको थियो । जसमा २ हजार ४० जना व्यक्ति सहभागी थिए ।सर्वेमा ८६।६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९५।७ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको संख्या ०७९ असारको तुलनामा घटेको छ ।
खाद्य र खाद्यवस्तुको सबै उपसमूह गैर–खाद्य वस्तु तथा सेवा र सबै उपसमूह तथा घरजग्गा आवाससमूहमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ । खाद्य र खाद्य समूह अन्तगर्तका गेडागुडी, दाल, चिनी तथा मसला र गैर–खाद्य र सेवा समूह बाहेकका अन्य समूह तथा उपसमूहमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश ०७९ असारको तुलनामा केही घटेको छ ।एक वर्ष पछिको अपेक्षित मुद्रास्फीति प्रक्षेपण ०७९ असारको तुलनामा घटेको छ । तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२।० प्रतिशत रहेको छ ।