समानुपातिकतर्फ एमालेको अग्रता कायमै, कांग्रेस दोस्रो   

शनिबार, मंसिर १७, २०७९
Global Ime Bank

काठमाडौँ ।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड ४ लाख ४ हजार ७ सय ६६ मतगणना सम्पन्न भएको छ ।    निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमाले ले २७ लाख ८३ हजार ३ सय ८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार छ सय २८ मतसहित दोस्रो स्थानमा रहेको छ ।  

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले ११ लाख ६१ हजार आठ सय ८०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार दुई सय ५९, जनता समाजवादी पार्टी नेपालले ४ लाख २० हजार ९ सय ४३ र जनमत पार्टीले ३ लाख ९४ हजार तीन सय ८५ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आउन बाँकीे छ ।  

प्रतिनिधिसभातर्फ पछिल्लो मतपरिणामअनुसार कांग्रेस ५५ स्थानमा विजयी भएको छ भने एमालेले ४४ स्थानमा जित हासिल गर्दै दोस्रो स्थान कायम गरेको छ । यस्तै माओवादी केन्द्र १७, नेकपा एकीकृत समाजवादी  १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७ स्थानमा जित हासिल गरेका छन् । स्वतन्त्र ५, लोकतान्त्रिक समाजवादीको ४, नागरिक उन्मुक्ति पार्टी ३, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा समान १ स्थानमा विजयी भएका छन् ।    

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १५:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार