बाजुराबाट कांग्रेसका सह - महामन्त्री बद्री प्रसाद पाण्डे प्रतिनिधिसभामा विजयी

आइतबार, मंसिर १८, २०७९

बाजुरा  ।बाजुरा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सह(महामन्त्री बद्री प्रसाद पाण्डे विजयी भएका छन् ।पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापालाई ५हजार ४सय ३७ को मतान्तरले पछि पार्दै विजय हासिल  गरेका छन् । विजयी पाण्डेले ३१हजार ७ सय ८६ मत प्राप्त गरेका  छन्  भने निकटतम प्रतिद्वन्द्वी एमालेका कर्णबहादुर थापाले २६हजार ३सय ४९मत प्राप्त गरे  ।बाजुरामा जम्मा मतदाता८३हजार ५सय ६७मध्ये ६०हजार एक सय५२मत खसेको थियो । प्रतिनिधिसभा एक र प्रदेश सभा दुई रहेको बाजुरामा प्रदेश सभा क मा एकीकृत समाजवादीका नरेश कुमार शाही प्रदेश ख मा कांग्रेसका पदम बहादुर शाहि र प्रतिनिधि सभामा पाण्डे विजयी  भएका   छन् ।यो सँगै बाजुरामा मतगणना कार्य सबै सम्पन्न भएको छ।   

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार