‘जनस्वास्थ्यका सूचना प्रवाहमा स्वयंसेविकाको भूमिका महत्वपूर्ण’  

सोमबार, मंसिर १९, २०७९

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले महिला स्वास्थ्य स्वयंसेविकाले जनस्वास्थ्यका कुरा प्रभावकारीरुपमा जनतासमक्ष पु¥याउने गरेको बताएका छन्  । स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले आज यहाँ आयोजना १९औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको कार्यक्रममा उनले स्वास्थ्यका सूचना जनतासम्म पु¥याउन स्वयंसेविकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए  ।  

  “राज्यले स्वास्थ्यका के के सुविधा उपलब्ध गराएको छ । त्यसको जानकारी स्वयंसेविकाले जनतासमक्ष बताउने गरेका छन्”, उनले भने , “अझ हामीले स्वयंसेविकालाई जनमुखी बनाउन आवश्यक रहेको छ ।” उनले अहिले पनि सरकारले उपलब्ध गराउने सेवा जनसमक्ष पु¥याउने स्वयंसेविकालाई आग्रह गरे   । 

    मुटु, मिर्गौला, फोक्सो, जस्ता जटिल रोग उपचारबारे सर्वसाधारणलाई अझ थाहा नभएकाले धेरै दुःख पाउने गरेको भन्दै उहाँले स्वयंसेविकालाई उपचार र सेवाबारे पनि जानकारी गराउनुपर्ने बताए  । उनले सरकारले स्वास्थ्यमा विभिन्न प्रकारको सहुलियत दिए पनि सर्वसाधारणलाई थाहा नभएर ति सेवाबाट बञ्चित हुनुपरेको बताए  । मन्त्री खापुङले खोप, पोलियो खोपाजस्ता रोग प्रतिरोधात्मक खोप बालबालिकालाई लगाउनका लागि स्वयमसेविकाले पु¥याएको योगदान विर्सन नहुने बताए    ।

    स्वास्थ्य मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले आगामी वर्षदेखि देशभरबाट उत्कृष्ट स्वयंसेविका छनोट गरी एक जनालाई सम्मान गर्ने बताइन्  । उनले स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्यमा अतुलनीय काम गरेको बताइन्  । उनले नेपालका स्वास्थ्य स्वयंसेविका विश्वमा नै एक उदाहरणीय काम गरेको बताइन्  । विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले स्वास्थ्यको पहिलो पंक्तिमा रहेर स्वयंसेविकाले सेवा उपलब्ध गराइरहेको बताइन् । उनले जनतालाई स्वास्थ्यको पहिलो सेवा स्वयंसेविकाबाट पाएको बताइन्  । 

    महाशाखाका प्रमुख गोमादेवी निरौलाले स्वयंसेविका स्वास्थ्य शिक्षाको सञ्चारको प्रवाहको रुपमा रहेको बताइन्  । उनका अनुसार अहिले देशभर ५१ हजार चार सय २३ महिला स्वयंसेविका छन् ।  स्वयंसेविकाले परिवार नियोजन बारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, खोप कार्यक्रम सञ्चालन, भिटामिन ए, जुकाको औषधि, स्वास्थ्य शिक्षा प्रदानजस्ता काम गर्दै आइरहेका छन् । आज नेपालसहित विश्वभरि नै ‘महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिबद्धता, स्वास्थ्य प्रवद्र्धनमा हाम्रो ऐक्यबद्धता’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १९:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार