ललितपुर महानगरले गर्‍यो महिला स्वयंसेविकालाई नगद पुरस्कारसहित सम्मान

फ्याउँरी सुनार बनिन् उम्दाकी महिला स्वयंसेविका 
सोमबार, मंसिर १९, २०७९

ललितपुर  ।  ललितपुर महानगरले १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस तथा विश्व स्वयंसेवक दिवसको अवसरमा २१ जना महिला स्वयंसेविकालाई नगद पुरस्कारसहित सम्मान गरेको छ । ६० वर्ष पुरा भएका १५ वर्ष भन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकामा रहेर जिम्मेवारी पुरा गरेका १९ जना र ६० वर्षभन्दाकम उमेरका तर १० वर्ष सेवा गरेका दुईजनालाई गरी महानगरले २१ जनालाई नगदसहितसम्मान  गरेको हो । ६० वर्ष पुरा गरेकालाई जनही एक लाख र ६० वर्षभन्दा कम उमेरकालाई जनही २० हजार र कदर पत्र दिएर महानगरप्रमुख चिरीबाबु महर्जनले सम्मान गरे ।

    318010633_1101187670541833_628134072431526172_n1670247921.jpg
त्यसैगरी महानगरले महानगरको वडा नं ३ को वडा स्वास्थ्य कार्यान्वयन समितिलाई समुदायस्तरमा उत्कृष्ट स्वास्थ्य सेवा पुर्याएको भन्दै १ लाख नगदपुरस्कारसहित सम्मान गर्यो । साथै क्षयरोगका बिरामीलाई डट्सप्रविधिबारे बुझाउँदै समुदाय स्तरमा पुगेर स्वास्थ्य सेवा प्रदान गरेकोमा वडा नं ३ का दीपक महर्जनलाई १० हजार नगद पुरस्कार सहित सम्मानित गरिएको थियो । वडा न। २०का पुष्कर महर्जन उत्कृष्ट टोल स्वास्थ्य उत्प्रेरकको रुपमा २५ हजारसहित सम्मानित भए । महानगर वडा नंं।५की फ्याउरी सुनार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मध्ये उत्कृष्ट महिला सामुदायिक  स्वास्थ्य स्वयंसेविका बन्न सफल भइन् । उनी २५ हजार नगदसहित सम्मानित भएकी हुन् । देशभर ५१ हजार,४ सय २३ महिला स्वयंसेविका छन् । महिला स्वयंसेविकाले परिवार नियोजनबारे जनचेतना, झाडा पखाल,खोप तथा भिटामिन ए,जुकाकोऔषधि,स्वास्थ्य शिक्षा प्रदान गर्दै आएका छन् । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कोरोनाको बेला स्वास्थ्य स्वयंसेविकाले निर्वाहको गरेको महत्वपूर्ण भएको बताए । सेवा भावले समुदायमा पुगेर स्वास्थ्य स्वयंसेविकाले गरेको कामका कारण नागरिकमा स्वास्थ्य चेतना वृद्धि भएको बताए । 313378389_1165693247382192_1910484167011432002_n1670247979.jpg

नगरप्रमुख चिरीबाबु महर्जनले महिला स्वास्थ्य स्वयंसेविकाको अक्षयकोषलाई सक्रिय बनाउन आवश्यक पहल गर्ने स्पष्ट पारे । महानगर उपप्रमुख मंजली शाक्य बज्राचार्यले निस्वार्थ र विनासर्त स्वयंसेविकाले गरेको कामबाट नागरिक लाभान्वित भएको बताईन् । स्वइच्छाले सेवा गर्ने भावले समुदायमा खटिएकाहरु स्वयंसेविकाहरुलाई दृढ इच्छाशक्ति सहित समुदायमा खटिन उनले अनुरोध गरिन् । ललितपुर महानगर स्वास्थ्य महाशाखा प्रमुख सरित महर्जनले महिला  सामुदायिक स्वास्थ्य स्वयंसेविकाले समुदायमै पुगेर  पुरा गरेको जिम्मेवारीका कारण बालमृत्युदर र मातृमृत्युदर घटेको बताइन् । नागरिकलाई निरोगी बनाउन स्वयंसेविकाको भूमिका महत्वपूर्ण भएको उनले प्रष्ट पारिन्।  कार्यक्रममा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र २९ वटै वडाका वडा अध्यक्ष र सदस्यहरुको उपस्थिति रहेको थियो ।  

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १९:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार