एआइआइबीको २५ करोड डलर बङ्गलादेशलाई    

बिहीबार, मंसिर २२, २०७९
मयुर प्लाई
Global Ime Bank

ढाका, २२ मङ्सिर  ।  एसियाली पूर्वाधार लगानी बैंक   ( एआइआइबी ) ले बङ्गलादेशलाई सामाजिक विकासमा समावेशिता र उत्तरदायित्व सुधार गर्न २५ करोड अमेरिकी डलर उपलब्ध गराउने भएको छ ।    सामाजिक उत्थानशीलता सुदृढीकरण कार्यक्रमअन्तर्गत बजेट सहयोगका रुपमा ऋण उपलब्ध गराउने सम्झौतामा बुधबार बङ्गलादेश र एआइआइबीबीच हस्ताक्षर भएको छ ।  बङ्गलादेशको आर्थिक सम्बन्ध डिभिजन ९ईआरडी० का सचिव शरीफा खान र एआईआईबीको लगानी परिचालन विभागका उपाध्यक्ष उर्जित आर पटेलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।  
सम्झौताअनुसार तीन वर्षको सहुलियत अवधिसहित साढे छब्बीस वर्षमा बङ्गलादेशले ऋण चुक्ता गरिसक्नुपर्नेछ ।   बङ्गलादेशले यसअघि पनि अघिल्ला तीन आर्थिक वर्षमा कोभिड–१९ महामारीविरुद्ध लड्न, कोभिडपछिको अर्थतन्त्रलाई सुदृढ  बनाउन बजेटरी सहयोगका रूपमा ८० करोड अमेरिकी डलर प्राप्त गरेको थियो ।   

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १३:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार