जर्सी टापुमा विस्फोटः तीन जनाको मृत्यु, दर्जनौं बेपत्ता

आइतबार, मंसिर २५, २०७९
मयुर प्लाई
Global Ime Bank

सेन्ट हेलियर ।  शनिबार जर्सीको च्यानल टापुको एक अपार्टमेन्ट भवनमा विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्युभएको  छ भने एक दर्जन बेपत्ता भएका छन् । सीएनएनले उक्त टापुका मुख्यमन्त्री क्रिस्टिना मूरलाई उद्धृत गर्दै  घटना बारे जनाकारी गराएको हो ।    स्थानीय समय अनुसार बिहान ४ बजे मात्रै घटनाबारे स्थानीय प्रहरीलाई खबरगरिएको थियो ।राज्यका जर्सी प्रहरीका प्रमुख अधिकारी रोबिन स्मिथले घटनाबारे प्रहरीलाई खबर गरेपछि आपतकालीन सेवाहरूलेघटनास्थलमा  पुगेर उद्धार कार्य अगाडि  बढाएको जानकारी दिए ।  उक्त तीन तले भवन ूपूर्ण रूपमा भत्किएकोू र वरपरको दृष्य  हृदयविदारक देखिएको थियो । बेपत्ताको खोजी र उद्धारकार्य तीव्र बनाइएको स्मिथले बताएका छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।  
 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १५:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार