सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । जनभावना क्याम्पसमा विए तेस्रो वर्ष अध्ययन सिर्जना घिसिङले साउदी अरबियामा आयोजना भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा ऐतिहासिक स्वर्ण पदक जितेकी छिन् । रियादमा सिर्जनाले ५२ केजीमुनि के–४४ क्याटगोरीमा टर्कीका खेलाडी मेर्येम बेटुल काभडारलाई १२ अंकले हराएर स्वर्ण पदक जितेकी हुन् । मेर्यम पारा तेक्वान्दोमा विश्व नम्बर एक खेलाडी हुन् ।
सिर्जनाले सेमिफाइनलमा ब्राजिलकी क्रिष्टियन नासिमेन्तो र क्वाटरफाइनलमा मेक्सिकोकी जेसिका क्वीजानोलाई हराएकी थिइन् । विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा नेपालले जितेको यो पहिलो स्वर्ण हो । सिर्जनाले यसअघि एसियन पारा युथ गेम्स र डब्लूटी प्रेसिडेन्ट कपमा रजत पदक जितेकी थिइन् । स्वर्ण पदक जितेकी सिर्जना घिसिङलाई क्याम्पसको र देशको नाम विश्वसामु पुर्याउन सफल भएको भन्दै उनका साथीहरु र शिक्षकहरूले खादा , माला र केक काटेर घिसिङलाई बधाई तथा आगामी खेल यात्रको सफलताको शुभकामना दिएका छन् । क्याम्पस प्रमुख शिवराज संजेलले घिसिङलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले पढाइ सँग सँगै विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा स्वर्ण पदक विजयी भएर कलेज तथा देशको नाम उच्च स्थानमा पर्युाएकोेमा खुसी व्यक्त गरे ।