५ महिनाको व्यापार घाटा ४७ खर्बमाथि, ३३ प्रतिशतले घट्यो निर्यात

बिहीबार, मंसिर २९, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा वैदेशिक व्यापारमा निर्याततर्फ ३३ प्रतिशतले गिरावट आएको छ । साउनदेखि कात्तिक मसान्तसम्म ३३.३ प्रतिशतले निर्यातमा कमी आई कुल ५४ अर्ब ७७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०४.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४२.३ प्रतिशत र ३४.२ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ७.४ प्रतिशतले वद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, चिया, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ ।
यद्यपि, आर्थिक वर्ष २०७९–८० को चार महिनामा यता कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आई ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँको मात्र आयात भएको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६१।६ प्रतिशतले बढेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, २०.९ प्रतिशत र २०.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, सुन, हवाइजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, एम।एस।विलेट, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात घटेको बैंकले जनाएको छ ।
आयात निर्यातको दरलाई हेर्दा आर्थिक वर्ष २०७९–८० को चार महिनामा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले कमी आई ४ खर्ब ७७ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५६.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात(आयात अनुपात १०.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.६ प्रतिशत रहेको थियो ।

शोधनान्तर स्थिति २० अर्ब बचतमा
नेपालबाट मुलुकबाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा चालु आर्थिक वर्ष ९आव० २०७९-८० को पहिलो चौमासिकमा शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार पहिलो त्रैमासमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । अघिल्लो आव २०७८र७९ को तुलनामा यस चौमासिकमा शोधनान्तर स्थितिमा ठूलो सुधार देखिएको छ । सो आवको समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा समेत यस अवधिमा शोधनान्तर स्थिति १४ करोड ९६ लाखले बचतमा छ । समीक्षा अवधिमा गत आवमा १ अर्ब २७ करोडले घाटामा थियो । निश्चित समय भित्र व्यक्ति र संस्थाबीच मुलुक भित्र र बाहिर भएका आर्थिकरवित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो । बाह्य क्षेत्रबाट बढी तरलता प्राप्त हुँदा शोधनान्तर स्थिति बचतमा जान्छ । चालु आर्थिक वर्षको पहिलो दुई महिना शोधनान्तर स्थिति घाटामै थियो । त्यसयता भने निरन्तर सुधार देखिएको छ । यस अवधिमा चालु खाता ३५ अर्ब ४० करोडले घाटामा छ । अघिल्लो आवको समीक्षा अवधिमा चालु खाता २ खर्ब २० अर्ब ९१ करोडले घाटामा थियो । अमेरिकी डलरमा चालु खाता २८ करोडले घाटामा छ । समीक्षा अवधिमा अघिल्लो वर्ष अमेरिकी डलरमा १ खर्ब ८६ अर्ब घाटामा थियो ।

पहिलो चौमासिकमा पूँजीगत ट्रान्सफर १८.१ प्रतिशतले बढेर २ अर्ब ९७ करोड कायम भएको छ । यस अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ४३ करोड आएको छ । गत आवको यसै अवधिमा पूँजीगत ट्रान्सफर २ अर्ब ५२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ६३ करोड रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार