सुन प्रतितोला एक लाख पाँच सय पुग्यो

आइतबार, पुस ३, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख पाँच सय रुपैयाँ तोकिएको छ ।  शुक्रबारका दिन प्रतितोला ९९ हजार नौ सय रुपैयाँमा कारोबार भएको यो सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन ९९ हजार चार सय रुपैयाँ थियो ।  त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार तीन सय ८० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । 
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९३ दशमलव १३ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार