१२ सय रुपैयाँले घट्यो सुनचाँदीको मूल्य, आज प्रतितोला एक लाख तीन सय रुपैयामा कारोबार 

शुक्रबार, पुस ८, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार दुई सय रुपैयाँले ओरालो लागेको छ । हिजो प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख तीन सय रुपैयाँ तोकिएको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय छ रुपैयाँ रहेको छ । यसको मूल्य अघिल्लो दिन एक लाख एक हजार रुपैयाँ मूल्य थियो । 
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार तीन सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । 
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९४ दशमलव आठ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  ११:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार