चिटिक्क भयो तंगः हिटी,  नगरप्रमुख चिरीबाबुले गरे उद्घाटन 

शनिबार, पुस ९, २०७९

ललितपुर । ललितपुर महानगरको वडा नंं. १२ मा अवस्थित तंगः हिटी (ढुंगेधारा) निर्माण सम्पन्न भएको छ । उक्त हिटीको महानगरप्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । टंगल टोलमा रहेको उक्त हिटी पुनर्निर्माण भएपछि चिटिक्क देखिएको छ । 

320081143_1551958081989710_621241748036605198_n1671883935.jpg
कार्यक्रममा बागमती प्रदेश सभासद रामकृष्ण चित्रकारको पनि उपस्थिति थियो । नगरप्रमुख महर्जनले नगरभित्रका सम्पदा संरक्षणलाई महानगरले प्राथमिकतामा राखेको बताए । उनले ललितपुरका सम्पत्ति र पहिचान सम्पदा र संस्कृति भएको बताए । उनले भने, ‘हामी ढुंगेधारा, पोखरीको संरक्षण हाम्रो चासोको विषय हो, यसलाई महत्व दिएर काम गरेका छौं । ससहरीकरण लगायतका समस्याले महानगरभित्रका पानी सुकेका ढुंगेधारामा पानी निरन्तर बग्ने बनाउन महानगरले परियोजना अघि बढाएको छ ।’ 

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार