भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

शुक्रबार, पुस १५, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् ।
उनले ट्वीट गरेर भनेका छन्, ‘शानदार शताब्दीको ईश्वरको चरणमा बिराम‘ । आमामा मैले सधैं त्यो त्रिमूर्तिको अनुभूति गरेको छु, जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित छ ।’

namo1672371687.JPG
प्रधानमन्त्री मोदीले अर्काे ट्वीटमा भनेका छन, ‘मैले जब उनको १०० औं जन्मदिनमा भेटें उनले भनेको अहिले पनि सम्झन्छु ‘काम गनुर्् बुद्धिले, जीवन जिउनु शुद्धिले’ ।’ 
सन २००२ मा नै हिराबेन मोदीले आफ्ना छोरा नरेन्द्र मोदीको विषयमा भविष्यवाणी गरेकी थिइन । उनले भनेकी थिइन्, ‘ एक दिन नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बन्नेछन ।’ मोदीको मिहिनेत तथा लगानशिललता हेररे नै उनले यस्तो भविष्यवाणी गरेको बताइन्छ ।–एजेन्सी 

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ०९:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार