सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । महाँकाल गाउँपालिका वडा नं. ३ गोटिखेलस्थित एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार जिल्ला समन्वय समिति ललितपुरका जिल्ला प्रमुख ॠषिदेव फुँयालको प्रमुख आतिथ्यमा सम्पन्न भएको सभामा चन्द्र लामा अध्यक्षमा सर्वसम्मत निवार्चित भएका छन्र । उपाध्यक्ष गणेश चौंलागाई,सचिव नेत्रप्रसाद तिमल्सिना,कोषाध्यक्ष चन्द्रप्रसाद तिमल्सिना,संचालक समिति सदस्यहरु शंकर सत्याल,गोविन्दप्रसाद शर्मा बजगाई,शुभद्रा दहाल,अप्सरा घिमिरे दहाल,शुशिला हुमागाई घिमिरे,नरबहादुरघिमिरे,निरन्जन घिमिरे र लेखा सुपरिवेक्षण समिति संयोजकमा तेजबहादुर सत्याल,सदस्यहरु सीता दहाल फुँयाल,रामकृष्णबजगाईलाई निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक रामसुन्दर केसीले जानकारी दिए । संस्थामा १४७० शेयर सदस्यहरू छन्र ।