कुमारी र एनसिसी बैंकको एकीकृत कारोबार सुरु

आइतबार, पुस १७, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकको आजदेखि एकीकृत कारोबार सुरु भएको छ । दुबै बैंक एकआपसमा गाभिएपछि कुमारी बैंककै नामबाट आजदेखि एकीकृत कारोबार सुरु भएको हो । गत मङ्सिर २५ गते दुवै बैंकले छुट्टाछुट्टै विशेष साधारणसभामार्फत एकआपसमा गाभिने प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले यही पुस ६ गते एकआपसमा गाभिन दुबै बैंकलाई अन्तिम स्वीकृति दिएको थियो ।
यी दुबै बैंक एक बराबर एक स्वाप रेसियोमा गाभिएका हुन् । एकीकृत कारोबारपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसिसी बैंकका रमेशराज अर्याल बनेका छन् । कुमारी बैंकका रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत भएका छन् । 
एकीकृत कारोबारपश्चात् बैंकको चुक्ता पुँजी २६ अर्ब २३ करोड रुपैयाँ, कूल निक्षेप तीन खर्ब दुई अर्ब रुपैयाँ र कर्जा दुई खर्ब ८० अर्ब रुपैयाँ पुग्नेछ । गाभिएपश्चात् शाखा सङ्ख्या तीन सय छ, एटिएम सङ्ख्या तीन सय ४४, एक्स्टेन्सन काउन्टर ४७ र शाखारहित शाखा ६२ वटा पुग्नेछन् ।

सञ्चालक समिति गठन
मर्जरपछि कुमारी बैंकको नयाँ सञ्चालक समिति गठन भएको छ । आज एकीकृत कारोबार सुरु भएपछि गठन गरिएको नयाँ सञ्चालक समितिको अध्यक्षमा अमिरप्रताप राणा रहेका छन् ।  बैंकको सञ्चालकमा एनसिसी बैंकका पूर्वध्यक्ष चन्द्र बास्तोला तथा इमानसिङ लामा र कुमारी बैंकका कृष्णप्रसाद ज्ञवाली तथा महेश पोखरेल रहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार