ललितपुर महानगरपालिका वडा नं २७ को सराहनीय काम 

दीर्घरोगबाट पीडित वडावासीलाई निःशुल्क औषधि वितरण   
सोमबार, पुस १८, २०७९

ललितपुर । ललितपुर महानगरपालिका वडा नं २७ ले आफ्नो वडा भित्र बसोबास गर्ने ६५ वर्ष माथिका दीर्घरोगबाट पीडित ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि उपलव्ध गराएको छ । 
वडा कार्यालयमा आफूले खाने औषधिको प्रेसक्रिप्सनसहित यसअघि नै निवेदन दिएका वडावसीलाई आजदेखि निःशुल्क औषधि वितरण थालेका हो । 

ausadhi1672660757.jpg
६५ वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई प्रेसक्रिप्सनका आधारमा उनीहरूले खाँदै आएको औषधि निःशुल्क वितरण गरिएको वडाअध्यक्ष कृष्णहरि महर्जनले जानकारी दिए । 

323110143_901093194390608_7499744731455720856_n1672668034.jpg
निःशुल्क औषधि प्राप्तिका लागि वडा कार्यालयमा ३५ जना ज्येष्ठ नागरिकले निवेदन दिएका छन् । दम, सुगर, थाइरोइड, रक्तचापका बिरामीलाई वडा कार्यालयले निःशुल्क औषधि वितरण थालिएको वडा सचिव सनतकुमार थापाले जानकारी दिए ।

323686348_3366068493721030_4193927975105634000_n1672668032.jpg

323072231_719143012854402_4364123544325790548_n1672668017.jpg

323124680_480711870893554_5094629506218032732_n1672668017.jpg

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार