मोबाइल ल्याउँदा समस्या भएको गुनासो आयो, तत्काल मिलाउनू : प्रचण्ड

विदेशबाट मोबाइल ल्याउँदा भन्सार तिनुर्पे विवाद 
मंगलबार, पुस १९, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । विदेशबाट व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने व्यवस्था तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निर्देशन दिएपनि उनको यो निर्देशन कार्यान्वयनमा आएको देखिएन । विदेशबाट आएका एक नेपालीले दुईवटा मोबाइल ल्याउँदा एउटामा भन्सार तिर्नुपर्ने भन्दै विमानस्थलमा कर्मचारीले रोकेका थिए । प्रधानमन्त्री प्रचण्डले अघिल्लो दिन मात्रै यो व्यवस्था तत्काल कार्यान्वयन गर्न अर्थमन्त्रीलाई निर्देशन दिएका थिए ।  
प्रधानमन्त्री प्रचण्डले मंगलबार अर्थमन्त्रालयलाई  विदेशबाट व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल सहजरूपमा ल्याउन पाउने व्यवस्था लागू गर्न पुनः निर्देशन दिएका छन् । 
प्रधानमन्त्री प्रचण्डको सचिवालयले विदेशबाट फर्किदा अतिरिक्त मोबाइल ल्याउन पाउने विषयमा जनस्तरबाट चासो राखिएको बताउँदै अतिरिक्त मोबाइल ल्याउनका लागि कुनै नीतिगत तथा कानूनी अड्चन रहेमा त्यसको सहजीकरण गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको हो । 
प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिएको छ । रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरूले आफूसँग फर्किँदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।’
यसअघि प्रधानमन्त्री प्रचण्डले मोबाइलमा एमडीएमएस प्रणाली लागू नगर्न र विदेशबाट फर्किने नेपालीले अतिरिक्त मोबाइल ल्याउँदा भन्सार लाग्ने व्यवस्था लागू नगर्न निर्देशन दिएका थिए । 
प्रधानमन्त्रीले निर्देशन दिँदा पनि कानूनी व्यवस्था नगरिएको भन्दै विमानस्थलमा कर्मचारीहरूले अतिरिक्त मोबाइलको भन्सार लिँदै आएका थिए । 

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १३:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार