सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मागर्दशनमा संशोधन गरेको छ । राष्ट्र बैंकले बुधबार पत्रकार सम्मेलन गरी चालु पुँजी कर्जा मागर्दशन संशोधन गरेको जानकारी गराएको हो । राष्ट्र बैंकले गत कात्तिक १ बाट चालु पुँजी कर्जा मागर्दशन लागू गरेपछि उद्योगी व्यवसायीहरूले त्यसको विरोध गर्दै आएका थिए । राष्ट्र बैंकले सीमाभन्दा अधिक कर्जा प्रयोग भएको अवस्थामा त्यसलाई आवधिक कर्जा कायम गरेर समायोजन गर्न सकिने प्रावधान राष्ट्र बैंकले ल्याएको छ । ‘सीमाभन्दा माथिको कर्जालाई २०८२ असारसम्म समायोजन गरिसक्नुपर्ने छ । तर, तोकिएको समय सीमाभन्दा पहिल्यै कर्जा तिर्नेलाई प्रि–पेमेन्ट चार्ज नलाग्ने व्यवस्था गरिएको छ’, बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागका निर्देशन किरण पण्डितले भने । अर्थमन्त्री विष्णु पौडेल नियुक्त भएलगत्तै व्यवसायीहरूले अर्थतन्त्रलाई चलायमान बनाउने नीतिगत व्यवस्था मिलाउन भनेका थिए । अर्थमन्त्रीले पनि व्यवसायीहरुका माग चाँडै सम्बोधन गर्ने बताएका थिए ।