सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । सरकारी सेवा लिँदा लाइन बस्नु पर्ने नागरिकको हैरानी हटाउन उनले सरोकारवाला निकायलाई निर्देशन दिएका थिए । निर्देशन दिए लगत्तै राहदानी विभागले सर्भर डाउन भएको सूचना टाँसेर सेवा रोकेको छ । विदेशबाट आउँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउँदा भन्सार लाग्ने भन्सार विभागको निर्णय कार्यान्वयन नगर्न पनि उनले दुई दुई पटक निर्देशन दिइसकेको छन् । तर उनको निर्देशन प्रभावकारी ढंगबाट कार्यान्वयन भएको देखिएको छैन । आज बिहीबार पनि उनले जनचासोको विषयमा निर्देशन दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका प्रधानमन्त्री प्रचण्डले वाणिज्य तथा आपूर्ति सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका हुन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमाजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार उद्योग सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएका हुन् । मूल्य प्रतिलटर वा प्रतिसिलिण्डर के कति मात्रामा घट्ने हो त्यसबारे केही खुलाइएको छैन । पछिल्लो समय नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थमा नाफा छ । अन्तर्राष्ट्रियस्तरमा मूल्यमा गिरावट आएको कारण निगमलाई मासिक एक अर्बभन्दा बढी नाफा रहेको छ ।