सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । भन्सार विभागले आयातित समानमा कडाई गरेसँगै मंसिरसम्म ५० करोड सामान समातिएको छ । एउटा वस्तुको नाममा अर्को वस्तु ल्याउने वा एउटा चिज भनेर अरू सामान मिसाएर ल्याउने परिपाटी बढेको आशंकामा भन्सारमा कडाइ गर्न थालिए पछि सामानहरु बरामत हुने दर बढेको विभागले जनाएको छ । भन्सारमा आउने मालवस्तुलाई हालसम्म जोखिमका आधारमा ३ वर्गमा विभाजन गरेर परीक्षण गरिँदै आइएको छ। मालवस्तुलाई यही विभाजन अनुसार ३ ‘लेन’बाट अगाडि बढाइने गरिएको छ। भन्सार महसुल बुझाएको वा नबुझाएको मात्र हेरे पुग्नेलाई हरियो च्यानलबाट अगाडि पठाइन्छ भने कागजात हेर्नपर्नेलाई पहेँलो र भौतिक परीक्षण नै गर्नुपर्नेलाई रातो च्यानलबाट अगाडि बढाइँदै आइएको छ। अब भने निश्चित मापदण्ड बनाएर मालवस्तुको परीक्षण गरिने भन्सारले जनाएको छ । पछिल्लो समय एउटा वस्तुको नाममा अर्को वस्तु मिसाएर समेत ल्याएको पाइयो। त्यसैले मापदण्ड नै बनाएर मालवस्तुको परीक्षण गर्न लागिएको भन्सार विभागले जनाएको छ। विभागमा रहेको जोखिम व्यवस्थापन समितिले यस्तो मापदण्ड बनाएको छ। मालवस्तु ल्याउने व्यवसायीको पृष्ठभूमि, यसअघि भन्सारमा कारबाहीमा परे र नपरेको, आयात गर्ने वस्तु परिवर्तन गरे र नगरेको लगायतका आधारमा मापदण्ड बनाइएको छ। भन्सार कार्यालयहरूले पठाएको सिफारिसलाई पनि आधार लिने गरिएको छ। भन्सारबाट भित्रिने सबै वस्तुको परीक्षण सम्भव नहुने भएकाले यस्तो मापदण्ड बनाउनु परेको विभागले बताएको छ । सरकारले चालु आर्थिक वर्षको ५ महिना ९साउनदेखि मंसिरसम्ममा० भन्सारबाट २ खर्ब ५७ अर्ब रूपैयाँ भन्सार राजस्व उठाउने लक्ष्य लिएकोमा ६१ प्रतिशत मात्रै सफल भएको छ। यो अवधिमा १ खर्ब ५७ अर्ब मात्रै भन्सार राजस्व उठेको छ। यो गत वर्षको यही अवधिको तुलनामा ३१ प्रतिशतले कम उठेको हो। गत आर्थिक वर्षको यही अवधिमा २ खर्ब २८ अर्ब रूपैयाँ भन्सार राजस्व उठेको थियो। राजस्व संकलनको तुलनामा सरकारको खर्च बढ्दै जाँदा सरकार सञ्चालनमा दबाब परेको छ। यही कारण हालै बनेको सरकारका अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रवि लामिछानेले आफू मातहतका कर्मचारीलाई कडाइका साथ भन्सार परीक्षणका लागि निर्देशन दिएका छन् ।
यो आर्थिक वर्ष साउनदेखि मंसिरसम्ममा विभिन्न भन्सार कार्यालयहरूबाट ५० करोड ३० लाख ४५ हजार रूपैयाँ बराबरको सामान समातिको छ। भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा ३ हजार ६ सय ९५ संख्यामा यस्तो चोरी पैठारी पक्राउ परेको हो।
नेपाल प्रहरीले एक हजार ८०, सशस्त्र प्रहरीले २ हजार एक सय ९८ र भन्सार कर्मचारीको गस्तीबाट चार सय ११ र बाँकी चोरी पैठारी अन्य निकायबाट समातिएको हो।
विभागको तथ्यांकअनुसार मंसिरसम्म ९गत वर्षदेखि सरेर आएकोसमेत० कुल ५ हजार २ सय ७० वटा चोरीपैठारीका मुद्दा छन्। यसमध्ये मंसिरसम्म यसरी समातिएका २ हजार ३ सय ४६ वटा वस्तु लिलामीमा गएका छन्। ती सबैको लिलामी मूल्य १५ करोड ३३ लाख रूपैयाँ छ।