कान्तिराजमार्ग विस्तारका लागि बजेट विनियोजन गर्न ललितपुरका जनप्रतिनिधिले भेटे अर्थमन्त्रीलाई

बिहीबार, माघ ५, २०७९

ललितपुर । कान्तिराज मार्ग  सडक बिस्तारको लागि आवश्यक बजेट निकासा गरिदिन ललितपुर क्षेत्र १ का संघीय–प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले आग्रह गरेका छन् । 
आज ललितपुर क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य उदय शम्सेर राणा, बागमती प्रदेश सभा सदस्य मीनकृष्ण महर्जन, गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी लगायतको टोली कान्तिराजमार्ग  सडक बिस्तारको लागि आवश्यक बजेट निकासा गरीदिन उपप्रधानमन्त्री एवम् अर्थमन्त्री बिष्णु पौडेललाई भेट गरी  आग्रह गरेका छन् । 
जनप्रतिनिधिहरुको आग्रहमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले बाटो निर्माणका लागि चाँडै बजेट  निकासा गरी टेन्डर आह्वान गर्न बजेट ब्यबस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । ठेचो–चापागाउँ सडक खन्ड बाटो बिस्तारमा मापदण्ड मा पर्ने  घरहरुको क्षतिपूर्ति सहित सडक बिस्तारका लागि सकारात्मक कुरा भएको बागमती प्रदेश सभा सदस्य  मीनकृष्ण महर्जनले जानकारी गराएका थिए । 

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १२:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार