सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । मंगलबार दिउँसो गएको भूकम्पमा परेर बाजुरामा एक महिलाको ज्यान गएको छ । गौमुल गाउँपालिका वडा नम्बर २ स्थित स्थानीय जंगलमा घाँस काट्न गएकी महिलाको भूकम्प जाँदा माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाले भूकम्प जाँदा खसेको ढुंगा लागेर स्थानीय जमुना रोकायाको मृत्यु भएको स्थानीयले आफूलाई जानकारी दिएको बताए । प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ पुग्न लागेको भन्दै उनले विस्तृत विवरण भने आउन बाँकी रहेको बताए । डीएसपी थापाले मंगलबार साँझ साढे ५ बजेसम्म २५ वटा भन्दा बढी घरहरु भत्किएको सूचना आएको बताए ।