सोसल मिडिया
Contact Us
युनिकोड
इस्लामावाद । पाकिस्तानी सहर पेशावरमा भएको एक बम विस्फोटनमा परेर कम्तीमा ३२ जना मानिसहरू मारिएका छन् । घटनामा परेर १५० जनाभन्दा धेरै मानिसहरू घाइते भएको बताइएको छ । स्थानीय समय अनुसार सोमवार दिउसो झण्डै १ः३० बजेतिर एक मस्जिदमा मानिसहरू भरिभराउ रहेका बेला भएको उक्त विस्फोटन भएको हो । अघिल्लो लहरमा रहेर हमलाकारीले आत्मघाती विस्फोट गराएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
उक्त भवनको एउटा भाग ध्वस्त भएको छ र अधिकारीहरूले मानिसहरू भग्नावशेषमा पुरिएको बताएका छन् । अन्य कैयौँलाई स्थानीय अस्पतालहरूमा लगिएको छ । विस्फोटनको कारण कारण प्रस्ट भइसकेको छैन । तर एकजना अधिकारीले प्रहरीलाई लक्षित गरेर विस्फोटन गराइएको र मृत्यु हुने धेरैजना प्रहरीहरू रहेको बताएका छन् । कुनै समूहले हालसम्म घटनाको जिम्मेवारी लिएको छैन ।–एजेन्सी