अमेरिकाले युक्रेनलाई एफ-१६ लडाकु विमान नदिने

मंगलबार, माघ १७, २०७९
मयुर प्लाई
Global Ime Bank

अमेरिका । युक्रेनी अधिकारीहरूले पटकपटक आग्रह गरेको भए पनि अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा एफ(१६ लडाकु विमान पठाउने सम्भावना नरहेको बताएका छन् ।
एक सञ्चारकर्मीले के अमेरिकाले युक्रेनलाई ती विमानहरू उपलब्ध गराउँछ भनेर प्रश्न गर्दा बाइडनले मात्र ूहोइनू भनेर उत्तर दिए ।
जर्मनीले पनि युक्रेनलाई लडाकु विमान पठाउन अस्वीकार गरेको थियो। त्यसको एक दिनपछि अमेरिकी नेतृत्वबाट पनि त्यस्तो प्रतिक्रिया आएको हो ।
युक्रेनले रुससँगको युद्धमा आफ्नो हवाई क्षेत्रमा नियन्त्रण कायम गर्न ती विमानहरू आवश्यक रहेको जनाएको छ ।
एफ-१६ फाइटिङ फाल्कनुलाई विश्वको सबैभन्दा भरपर्दो लडाकु विमानमध्ये एक मानिन्छ। यो विमान बेल्जियम र पाकिस्तानजस्ता देशहरूले प्रयोग गर्छन् ।
युक्रेनले हाल सोभियत युगका लडाकु जेट विमानहरू प्रयोग गरिरहेको। ती विमान ३० वर्षभन्दा पहिले युक्रेनले सोभियत सङ्घबाट स्वतन्त्र भएको घोषणा गर्नुअघि बनेका थिए ।
लडाकु विमान दिन युक्रेनले गरेको अनुरोध जो बाइडनले बारम्बार अस्वीकार गर्दै आएका छन् । उनले अरू किसिमका सैन्य सहायता उपलब्ध गराउँदै आएका छन्।
गत साता संयुक्त राज्य अमेरिकाले किएभलाई ३१ वटा  एब्रम्स एमवन ट्याङ्क उपलब्ध गराउने घोषणा गरेको थियो । यूके र जर्मनीले पनि त्यस्तै प्रतिबद्धता जनाएका छन् ।
युक्रेनका उपविदेशमन्त्री आन्द्री मेल्निकले उक्त घोषणालाई स्वागत गरेका छन्। उनले सहयोगी राष्ट्रहरूलाई लडाकु विमानका लागि पनि 'गठबन्धन' बनाउन आग्रह गरेका छन् । उक्त गठबन्धनले युक्रेनलाई युरोफाइटर, टोर्नेडो, फ्रान्सेली रफाएल र स्वीडिश ग्रिपेन जेटहरू पनि उपलब्ध गराओस् भन्ने किएभको चाहना छ ।
युक्रेनलाई भर्खरै लेपर्ड-टू ट्याङ्क पठाउने प्रतिबद्धता व्यक्त भइसकेकाले अन्य सैन्य सहायता पठाउने विषयबारे छलफलको “गम्भीर अर्थ नरहने देखिएको” टिप्पणी जर्मनीका चान्सलरले आइतवार एउटा अन्तर्वार्तामा गरेका छन् ।
ओलाफ शोल्ट्सले जर्मन पत्रिका 'टागेस्स्पीगल' सँगको कुराकानीका क्रममा नेटो सैन्य गठबन्धन रुससँग युद्धमा नरहेको र उसले 'यस्तो गतिविधि झन् बढ्न नदिने' बताए ।  मस्कोले नेटोलाई युद्धका लागि उक्साएको आरोप लगाउँदै आएको छ ।
त्यसले संयुक्त राज्य अमेरिका र जर्मनलगायत नेटो सदस्यराष्ट्रहरू द्वन्द्व बढ्न सक्ने सम्भावनाका कारण सैन्य सहायता उपलब्ध गराउन हिचकिचाउँदै आएका छन् ।
द नेदरल्यान्ड्सलगायत युरोपेली सङ्घका अन्य सदस्यराष्ट्रहरूले पनि लडाकु विमान पठाउने वा नपठाउने भन्ने विषयबारे अझै ठोस प्रतिक्रिया दिएका छैनन् ।
तर पोल्यान्डले भने नेटोसँगको समन्वयमा लडाकु विमान उपलब्ध गराउन तयार रहेको सङ्केत गरेको छ ।-बीबीसी

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १०:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार