सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । खरिद गर्ने भन्दा बेच्ने ग्राहक बढिरहेका बेला सुनको मूल्यमा मंगलबार थोरै उतार चढाव आएको छ । अहिले सुन बजारमा किन्ने भन्दा आफूसँग भएका सुनका गहना बेच्ने ग्राहकको संख्या बढ्दो छ । कोरोना महामारीका कारण भइरहेको कारोबारमा मन्दि तथा आर्थिक तरलता कारण घर खर्च चलाउनकै कालागि खरिद गर्ने भन्दा सुन बिक्री गर्ने ग्राहक बढि हुन थालेका छन् । यस्तोमा आज बुधबार सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भएकामा आज पाँच सय रुपैयाँले बढेर एक लाख छ हजार तीन सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको विवरण अनुसार आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार तीन सय ७० पुगेको छ ।