नेपाल–मलेसिया श्रम समझदारीपत्र परिमार्जन गर्ने सहमत, नेपाली कामदारलाई सजिलो हुने अपेक्षा

शुक्रबार, माघ २०, २०७९

काठमाडौँ । वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्येमा पर्ने मलेसियाले नेपाली कामदारलाई सहज हुने रणनीति अख्यिार गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
मलेसियाको पाँच वटा आर्थिक क्षेत्रमा कामदारको आवश्यकता रहेको जनाउँदै ती क्षेत्रका  लागि कामदार पठाउन नेपाल समक्ष आग्रह पनि गरेको छ । उसले विदेशी कामदारको कल्याणका लागि नीतिगत तथा कानूनी ढाँचामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाली श्रमिकलाई सहज हुने गरी अन्य नीतिगत सुधारसमेतका लागि मलेसियाले गृहकार्य गर्ने आश्वसन दिएको छ ।

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेको भेटपछि नेपाल र मलेसियाबीचको श्रम समझदारी परिमार्जन गर्ने   समझादारी भएको छ ।

PW-kathmandu-6F8A6521(1)1675436111.JPG
यसका लागि दुवै पक्षका सम्बन्धित निकायले आपसी सहकार्य गर्ने समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल र मलेसियाबीच २०७५ कात्तिकमा श्रम समझदारी भएको थियो । मलेसियाका गृहमन्त्रीसँगको भेटमा दुवै देशबीच उच्च राजनीतिक तथा प्रशासनिक तहमा भेटघाट तथा सम्वाद बढाउँदै व्यापार, लगानी, पर्यटन, आर्थिक विकासलगायत क्षेत्रमा मिलेर काम गर्ने विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री दाहालले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रधानमन्त्री दाहालले मलेसिया सरकारका तर्फबाट श्रमिकको न्यूनतम ज्याला, एक हजार दुई सय रिङ्गेटबाट वृद्धि गरेर एक हजार पाँच सय बनाएकामा धन्यवाद दिँदै फ्रि भिसा र फ्रि टिकटको व्यवस्थालाई अझै कडाइका साथ लागू गर्ने सके रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउन सकिने बताएका थिए । नेपाली श्रमिकको सङ्ख्यामा वृद्धि गर्न मलेसिया सरकारलाई आग्रह गरेको छ ।
भेटमा गृहमन्त्री नासुसन इस्मालीले विदेशी श्रमिकलाई भित्र्याउने प्रक्रिया र त्यहाँ रहँदा कामदारको कल्याण र सुरक्षाका विषयमा मलेसियाली सरकार गम्भीर रहेको जानकारी दिएका थिए।

 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  २०:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार