७ अंकले घट्यो नेप्से, पौने ४ अर्बको कारोबार

बुधबार, माघ २५, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार घटेको छ । अघिल्लो दिन नेप्सेमा हरियाली छाउँदा लगानीकर्ता आशावादी भएका थिए । तर आज फेरि परिसूचक घटेपछि केही निराश बनायो । आज पुँजी बजार मापक नेप्से परिसूचक ७ अंकभन्दा बढीले घटेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार, बुधबार परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ विन्दुमा कारोबार बन्द भएको छ ।
मङ्गलबार उच्च अङ्कको वृद्धि भएको नेप्से परिसूचक आज भने घटेको छ । आज नेप्से परिसूचक सात दशमलव १६ अङ्कले घटेर दुई हजार एक सय ७० दशमलव १८ अङ्कमा कायम भएको हो ।
आज दुई सय ५७ वटा कम्पनीको एक करोड पाँच लाख दुई हजार छ सय ४९ कित्ता शेयर ५५ हजार छ सय दुई पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६९ करोड १९ लाख ७२ हजार बराबरको कारोबार भएको छ । आज अन्य समूहको उपसूचक सात दशमलव ७५ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ५८ दशमलव ६३ र होटल तथा पर्यटन समूहको उपसूचक ४९ दशमलव ७१ अङ्कले घटेको नेप्सेले जनाएको छ ।
बैंकिङ समूह शून्य दशमलव ७९, विकास बैंक समूह २२ दशमलव ६२, वित्त समूह ३६ दशमलव २५, जलविद्युत् समूह २७ दशमलव ३६ र लगानी समूह शून्य दशमलव १० अङ्कले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ४१ दशमलव ९०, लघुवित्त समूह १६ दशमलव ५७, म्युचुअल फन्ड समूह शून्य दशमलव ०७, निर्जीवन बीमा समूह २८ दशमलव ५४ र व्यापार समूह ११ दशमलव ५० अङ्कले घटेको छ ।
बुधबार ०.३३ प्रतिशतले घटेको सेयर बजारमा १ करोड ५ लाख २ हजार ६४९ कित्ता सेयर किनबेच भएको छ । जसबाट ३ अर्ब ६९ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार करिब ७७ अंकले बढेको सेयर बजारमा बुधबार भने लगानीकर्ताले नाफा बुक गर्ने ध्याउन्नमा लागेको देखियो ।
आजको कारोबारमा १४२ कम्पनीका सेयर मूल्य घटेको छ भने ६७ कम्पनीका सेयर मूल्य बढेको छ । ७ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ । सेयर बजार घटे पनि तेह्रथुम पावर कम्पनी, धवलागिरी लघुवित्त वित्तिय संस्था र राधी विद्युत् कम्पनीले भने नाफा कमाएका छन् । 
यस्तै, एउटा कम्पनीको सेयर मूल्य भने ५ प्रतिशतको हाराहारीमा घटेको छ । नेप्सेका अनुसार, आदर्श लघुवित्त वित्तिय संस्थाको ५।१४ प्रतिशतले मूल्य घटेको हो ।
आज नेपाल रिइन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको ११ करोड २८ लाख ६७ हजार रुपैँया बराबरको सेयर कारोबार भएको छ ।
कारोबार संख्याका आधारमा अपि पावर कम्पनीको सबैभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । उक्त कम्पनीको ३ लाख ४० हजार ५६६ कित्ता सेयर कारोबार  भएको छ । यस्तै, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ९एचआइडिसिएल० को सबैभन्दा धेरै १६३३ पटक कारोबार भएको छ  ।
आज अधिकांश समूहको उपसूचक घटेको छ । नेप्सेका अनुसार बैंकिङ समूहको उपसूचक ०.४१ अंकले, विकास बैंक समूहको उपसूचक २२.६२ अंक, वित्त समूहको उपसूचक ३५.७१ अंकले र होटल तथा पर्यटन समूहको उपसूचक ४९.७१ अंकले घटेको छ । 
यस्तै, जलविद्युत् समूहको उपसूचक २७.३६ अंकले, लगानी समूहको ०.०३ अंकले, जीवन बिमा समूहको ६१.५० अंकले, उत्पादन र प्रशोधन समूहको ४१.९० अंकले, माइक्रोफाइनान्स समूहको १७.८७ अंकले, म्युचुअल फन्डको ०.०६ अंकले र निर्जीवन बिमा कम्पनी समूहको उपसूचक २८.५४ अंकले घटेको छ ।
२ उपसमूहको सूचक भने बढेको छ । नेप्सेका अनुसार अन्य समूहको उपसूचक ७।७५ अंकले र व्यापार समूहको उपसूचक १।१३ अंकले बढेको हो ।
आज फ्लोट इन्डेक्स ०.५७ अंकले घटेर १५२.६५ विन्दुमा पुगेको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार